चलचित्र हिरो नं. १ को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चलचित्र हिरो नं. १ को अर्को गीत सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको ‘माया दिन्छु नि’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

मधु न्यौपानेको शब्दमा तारावीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् । उक्त गीतमा नायक जयकिशन बस्नेत र नायिका एलिना रायमाझीले भव्य रोमान्स गरेका छन् । चलचित्रको गीतमा दुइ जनाको माया प्रेम र विवाह हुँदै अनौठो तरिकाको बच्चा जन्मिएको सम्म देखाईएको छ ।

तुरुन्तै अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र हिरो नं.१ मा जयकिशन बस्नेत र एलिना रायमाझीको साथमा जाहान्वी बस्नेत, राजिवजंग बस्नेत, संघरत्न महर्जन । टार्जन, लय संग्रौला । शोभित बस्नेत, शुभेच्छा थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

जयकिशन बस्नेतकै लेखन, निर्माण र निर्देशनसमेत रहेको यस चलचित्रमा विनोद सापकोटाको छायांकन, तारावीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, जय किशन बस्नेत र किशोर थापाको नृत्य र शंकर महर्जनको द्वन्द रहेको छ ।

चलचित्र एक्सन, थ्रिलर तथा सस्पेन्स कमेडी जनारामा निर्माण भएको बताईएको छ । भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्–

कमेन्ट गर्नुहोस्