बिषादी जाँच नगर भने पनि गर्छौं: मन्त्री खनाल

चितवन, साउन १७ । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल ‘वलदेव’ले बिषादी जाँच कसैले रोकेर नरोकिने बताएका छन् । चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशोसियसनको वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले भने, ‘भारत भन्दा अघि बढेर ७ स्थानमा विषादी जाँच त गरेकै हो त । तर हरेक नाकामा अनिवार्य चेक गर्नु भनेकाले मात्र बहसको विषय भएको हो । चेक जाँच त भएकै थियो । त्यसलाई निरान्तरता दिएका छौ, दिन्छौ । चेकजाच नगर भने पनि गर्छौ, झन धेरै गर्छौ ।’

मन्त्री खनालले कृषिमा निराशा मात्र नभई आशा गर्ने ठाउँ पनि प्रशस्त रहेको बताए । उनले यो पटकदेखि कृषिमा अनुदानलाई व्यवस्थित र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्नेमा बढी ध्यान दिएको बताए ।

मन्त्री खनालले राज्यले कानून बनाएर मात्र नभएर कार्यान्वयनमा पनि विशेष जोड दिनुपर्ने बताए । उनले भने, ‘हामीसँग भएका सबै कनून पूर्ण रुपमा कार्यान्वयन गर्ने हो भने केही समस्या हुन्न । निति सहि भए व्यक्ति परिवर्तन हुँदा पछिसम्म बिकासले गति लिन्छ । अहिलेसम्म कृषि र पशुपन्छी क्षेत्रको पहिचान भएको छ अब त्यसलाई द्रुत गतीमा अगाडि बढाइन्छ ।’

कमेन्ट गर्नुहोस्