बसको छतमा भेटियो युवकको शव

रुपन्देही, साउन १७ । बुटवलको नयाँ बसपार्कमा एक युवक मृत अवस्थामा भेटिएका छन् । गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय दीपक थापा बसपार्कमा रोकिराखेको बसको छतमा मृत अवस्थामा भेटिएका हुन् ।

गत २ साउनदेखि बसपार्कमा पार्किङ गरी राखेको लु १ ख ६१३७ नम्बरको गाडीको छतमा सडेको अवस्थामा शुक्रबार शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए ।

‘शव कुहिएको अवस्थामा छ’ भट्टराईले भने, अनुसन्धान अगाडि बढाइएको छ ।’ थापाको शव लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्