स्मिथले तोडे सचिन र विराटको कीर्तिमान

काठमाडौं, साउन १६ । अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले टेस्ट क्रिकेटमा सचिन तेन्दुलकर र विराट कोहलीको किर्तिमान भङ्ग गरिदिएका छन् । उनले टेस्ट क्यारियरको २४ औं शतक लगाउँदै कम पारीमा यो उपलब्धि हासिल गर्ने खेलाडी बनेका छन् । उनले ११८ औं पारीमा २४ औं शतक लगाएका हुन् ।

भारतका दिग्गज क्रिकेटर सचिन तेन्दुलकरले १२५ औं र विराट कोहलीले १२५ औं पारीमा २४ औं शतक लगाएका छन् । तर सबैभन्दा छिटो ३४ औं टेस्ट शतक लगाउने रेकर्ड भने डन ब्राडम्यानको नाममा रहेको छ । उनले मात्र ६६ औं पारीमा २४ औं शतक प्रहार गरेका थिए ।
स्मिथ यस अघि विश्वका नम्बर एक ब्याट्सम्यान रहिसकेका छन् ।

लगभग १६ महिना अघि ‘बल टेम्परिङ’को आरोप लागेपछि उनीमाथि प्रतिबन्ध लागेको थियो ।प्रतिबन्ध फुकुवा भएपछि उनले एसेज शृंखलामा इङल्याण्डविरुद्ध पहिलो टेस्ट खेल्ने क्रममा शानदार ब्याटिङ गरे ।

जम्मा १४४ रनको भव्य पारी खेलेका स्मिथले आफ्नो रेकर्ड मात्र बनाएनन् बरु अस्ट्रेलियाको टीमलाई पनि संकटबाट जोगाए ।

कमेन्ट गर्नुहोस्