३८ क्वीन्टल सुनकाण्डः गोल्यानलाई १० हजार धरौटीमा छाड्न आदेश

काठमाडौं, साउन १७ । चर्चित सुनकाण्डका विषयमा सर्वोच्च अदालतले अभियुक्त महावीर गोल्यानलाई दश हजार धरौटीमा छाड्न र अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले शुक्रबार सो आदेश दिएको हो । अभियुक्त गोल्यानलाई उच्च अदालत विराटनगरले पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अरूको हकमा भने उच्च अदालतले दिएको आदेश नै सदर भएको छ ।
जस अनुसार निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा. डेभिड थुनामा नै रहने भएका छन् ।
उच्च अदालतले सई बालकृष्ण सञ्जललाई साधारण तारेख छाडेको थियो भने विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए

कमेन्ट गर्नुहोस्