कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सार्वजनिक (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ काे पुरक परीक्षा (ग्रेडवृद्दि)को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पुरक परीक्षा यहि भाद्र २२ र २३ गते संचालन हुने छ । सो परीक्षा क-कसले दिन पाउने ?

अन्य सबै विषयमा C+ वा सो भन्दा धेरै ग्रेड प्राप्त गरि २ ओटा बिषयमा मात्र C वा सो भन्दा कम ग्रेड ल्याएका विद्यार्थीले एउटा वा दुइटा बिषयको परीक्षा दिन पाउने छन् । दुइ वटामा D/E तर अरुमा C+ वा सो भन्दा धेरै ग्रेड ल्याएका विद्यार्थीले २ ओटै बिषयको ग्रेडवृद्दि परीक्षा दिनु पर्ने छ ।

कुनै एउटा विषयमा Absent भएका विद्यार्थीले पनि ग्रेडवृद्दि परीक्षा दिन पाउने छन् । दुई बिषयमा अनुपस्थित भएका विद्यार्थीले समेत परीक्षा दिन पाउने छन् । ग्रेडवृद्दि परीक्षाको फारम भर्ने अन्तिम दिन: श्रावण २९, २०७६

यो परीक्षा नियमित विद्यार्थीको लागि मात्र हो । आंशिक विद्यार्थीले यस परीक्षामा सामेल हुने पाउने छैनन् । यस परीक्षामा Non Credit Subject को पनि परीक्षा दिन पाइने छ ।

११ को आंशिक परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थी समेत यस परीक्षामा सामेल हुने पाउने छन् । मेराे स्टडीबाट

कमेन्ट गर्नुहोस्