१० वर्षे बालकका दुबै मृगाैला फेल, सहयाेगका लागि अपील

ललितपुर, साउन १७ । कलकलाउँदाे उमेरमा दुबै किडनीले काम गर्न नसक्ने अवस्था कस्ताे हाेला ? कल्पना गर्नुस त । झन त्यसमा उपचार पनि गर्न समेत आर्थिक समस्या भएपछि परिवारले झेल्नुपर्ने तनावकाे त कल्पना पनि गर्न सकिन्न ।

तर सिन्धुपाल्चाेकका अधिकारी परिवार अहिले यही पीडामा भाैंतारिएका छन् । सिन्धुपाल्चाेक ईन्द्रावति वडा नं ७ निवासी केदारनाथ अधिकारीकाे १० वर्षे छाेरा सन्दीप अहिले दुबै किडनीले काम गर्न नसक्दा पाटन अस्पताल भर्ना भएका छन् ।

अधिकारिलाई सहयाेग गर्न वडा कार्यालयले सिफारिस गरेकाे छ । किडनीकाे डाईलासिस गर्न चाहिने रकम जुटाउन परिवारले सबैमा अपील गरेका छन् । पाटन अस्पतालले समेत सहयाेगका लागि अनुराेध गरेकाे छ ।

सन्दीपलाई सहयाेग गर्न चाहेनेले तलकाे ठेगानामा सहयाेग गर्न सकिने छ ।
खातावालाकाे नाम: भगवती अधिकारी
खाता नंं: 20215243401446
SBi Bank ltd.

कमेन्ट गर्नुहोस्