आन्द्रेले भारतसँगको सिरिज गुमाउने, उनको स्थानमा कसले पाए मौका?

काठमाडौं, साउन १७ । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले शनिबारदेखि सुरु हुने भारत विरुद्धको टि–२० सिरिज  गुमाउने भएका छन् । उनी पूर्णरुपमा स्वस्थ नभएकाले आन्द्रेले भारतसँगको पहिलो ३ खेलकाे टि–२० सिरिज  गुमाउने हुन् । उनको स्थानमा जसन मोहम्मदले टिममा मौका पाएका छन् ।

आन्द्रे हालै इंग्ल्याण्ड र वेल्समा सकिएको विश्वकप घाइते भएका थिए । वेस्ट इन्डिजले भोलि (शनिबार) देखि तीन टि–२०, तीन वान डे र २ खेलको टेस्ट सिरिज खेल्दै छ । टि–२० मा वेस्ट इन्डिजले कार्लोस बर्थवेटको नेतृत्वमा १४ सदस्यीय टिम घोषणा गरेको छ ।

वेस्ट इन्डिजको टोलीः कार्लोस ब्रार्थवेट (कप्तान) जन क्याम्बील, इभन लुइस, शिमरन हिटमायर, निकोलस पूरन, किरण पोलार्ड, रमन पावेल, कीमो पल, सुनील नारायाण, शेल्डन कट्रेल, ओशाने थमस, एन्थोनी ब्रिम्ले, जसन मोहम्मद र खैरी पिर्रे ।

यो पनि पढ्नहोस्
भारतविरुद्धको सिरिजका लागि वेस्ट इन्डिजद्वारा टोली घोषणा, को–कोले पाए मौका?

कमेन्ट गर्नुहोस्