बिराट काेहली राेनाल्डाेका विशेष फ्यान, फुटबलमा क्लबमा छ लगानी

काठमाडौं । प्रिसिजन टुर अन्तर्गत दक्षिण कोरियाको भ्रमणमा गएको युभेन्ट्सले त्यहाँको सुपरलिग क्लब अल स्पोर्टससँग खेल्यो । दक्षिण कोरियाको स्थानीय आयोजकले उक्त खेलमा युभेन्ट्सका चर्चिच खेलाडी क्रिस्टियानो रोनाल्डो खेल्ने भन्दै ६० हजार भन्दी बढी टिकट महँगो मूल्यमा बिक्रि गरेको थियो । दर्शकले औसत ५९ अमेरिकी डलर टिकटका लागि खर्चिएका थिए । तर, युभेन्ट्सले उक्त खेलमा रोनाल्डोलाई खेलाएन ।

रोनाल्डोको तिब्र प्रतिक्षा गरेका दर्शक निरास बनेर मैदानमै उत्रिएर आयोजकको विरोध गरेका थिए । उक्त खेल ३–३ गोलको बराबरीमा सकिएको थियो । मैदानमा रोनाल्डोलाई देख्न नपाएपछि दर्शकले आयोजकविरुद्ध पैसा फिर्ता पाउनु पर्ने भन्दै प्रहरीमा उजुरी दिएका छन् । कतिपय दर्शकले रोनाल्डोको आलोचना गर्दै उनको सर्मथक हुन नसक्ने कुरा सामाजिक सञ्जालमा ब्यक्त गरेका छन् । अहिले दक्षिण कोरियामा युभेन्ट्स, रोनाल्डो र स्थानीय मैत्री खेल आयोजकको विरोध भइरहेको छ ।

याे पनि पढ्नुस  बिराटका लागि इण्डियन क्रिकेट टीम दिल्ली आउँदै, आखिर किन त ?

दक्षिण कोरियामा रोनाल्डोको आलोचना भइरहँदा विश्व क्रिकेटकै हस्ती एवं भारतीय कप्तान विराट कोहली रोनाल्डोको असली फ्यानको रुपमा देखिएका छन् । पोर्चुगिज सुपर स्टार रोनाल्डोको कोहलीले मुक्तकण्डले प्रशंशा पनि गरेका छन् । कोहलीले रोनाल्डो जता जान्छन्, आफु सोही क्लबको फ्यान भएको पनि बताए । ‘रोनाल्डो मैले देखेकामध्ये उत्कृष्ट फुटबलर हुन् । खेल प्रतिको रोनाल्डोको प्रतिबद्धता र मिहिनेती पनलाई अरुसँग तुलना गर्न मिल्दैन । उनी राम्रो प्रदर्शनका लागि सधै लालायित हुने गर्छन् र यो कुरा उनको हरेक खेलमा झल्किन्छ,’ ३० बर्षिय कोहलीले फिफासँग भनेका छन् ।

याे पनि पढ्नुस  बिराटका लागि इण्डियन क्रिकेट टीम दिल्ली आउँदै, आखिर किन त ?

कोहलीले रोनाल्डोमा नेतृत्व लिने र चुनौतीलाई अंगाल्दै सफलता हात पार्ने बेजोडको क्षमता भइको पनि बताए । ‘रोनाल्डो पूर्ण खेलाडी हुन् । उनी हरेकलाई प्रोत्साहन गर्छन र त्यो सबैले गर्दैनन् । उनी एक कुशल नेता हुन् र विश्वास पनि अचम्मकै छ,’ कोहलीले भनेका छन् ।

विश्वभर करोडौं सर्मथक रहेका रोनाल्डो अहिले कोरियामा आलोचित भइरहेका छन् । यही बेला कोहलीले आफु रोनाल्डोको असली फ्यान भएको अभिब्यक्ति दिएका हुन् । कोलही फुटबल पनि मन पराउँछन् । इन्डियन सुपर लिग फुटबलमा उनी एक फ्रेन्चाइज टोलीको सहमालिक हुन् । कोहलीको सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबुक र ट्वटर गरि १० करोड भन्दा बढी फलोअर छन् । कोहलीले रोनाल्डोले लगाव र विश्वासका साथ फुटबल खेल्ने गरेको पनि बताए । कोहलीले विश्व फुटबलमा रोनाल्डो र लियोनल मेस्सी पछि राजगर्ने अर्को खेलाडी फ्रान्सका केलियन एमबाप्पे रहेको बताए । फ्रान्सलाई विश्वकप जिताउँदा उत्कृष्ट प्रदर्शन गरेका एमबाप्पेको प्रदर्शनबाट कोहली प्रभावित भएका थिए ।

याे पनि पढ्नुस  बिराटका लागि इण्डियन क्रिकेट टीम दिल्ली आउँदै, आखिर किन त ?

कमेन्ट गर्नुहोस्