Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जनयुद्धले दियाे बाँच्ने साहस: बन्दुक बाेक्ने हातमा अहिले मिटर

विश्वनाथ सिम्खडा

युद्धमा हतियार पड्काउने कला सिकिन्छ । योद्धा जोकोही भनेपछि झस्किन्छन् । पूर्वजनमुक्ति सेना नेपालका ब्रिगेट भीसी बजुरे खड्काको (जिवनी)स“ग भने धेरै आकर्षित हुने गरेका छन् । दम्पत्ति नै पूर्वजनमुक्ति सेनामा सात वर्ष युद्ध लडे । तर, अन्त्यमा अयोग्य ठहरिएपछि कपडा पसल थापेर बसिरहेका छन् । उनीहरूको व्यापार देखेर अधिकांश दंग पर्छन् ।

को हुन् बजुरे ?

अयोग्य ठहरिएपछि बजुरे खड्कासहित आफ्नो घर कालिकोट मान्म आए । उनीहरूस“गै थप चार जोडा थिए । खड्का परिवार अहिले पनि संघर्षरत छ । फरकखाले घरबारको मोर्चा सम्हालेर सदरमुकाम मान्ममा साहुको ऋण का“ढेर सानो कपडा पसल थापेका छन्, उनीहरूले ।

‘अवकासपछि आत्मनिर्भर जीवन बा“च्ने ज्ञान पलाएको’ बताउ“छन् उनीहरू । खड्का एक्लैले कपडा पसल सञ्चालन गर्न थाले । अन्तरमनले आ“ट्यो भने सफलता मिल्ने निक्र्यौलमा पुगेका छन्, दम्पती ।

‘वर्ग दुस्मन’विरुद्ध विजय हासिल गर्न घरबाट निस्केकाहरू ‘शान्ति सम्झौता’पछि अवकाश रोज्न बाध्य भए । युद्धमा होमि“दा वा बाहिरि“दा धेरैको जिन्दगी रनभुल्लमा परेको उनीहरू सुनाउ“छन् । धेरैको जिन्दगी आधा गाग्रोमा पानी हल्लिएजस्तै देखेका छन्, उनीहरूले । ‘धेरैले न पढ्न–लेख्न पाए, न त जवानी फक्रिन सक्यो, यावत् दुखान्तस“गै चलेको छ,’ उनीहरू भन्छन्, ‘किन हो किन हामीलाई आफैं हिम्मत बढेर आउ“छ, ‘यसमा मिहेनतले शक्ति दिएको छ ।’

 
श्रीमान–श्रीमती नै अयोग्य

‘सात वर्षसम्म जनताको मुक्तिका लागि बन्दुक उठाएर लडेको सरकारले देखेन, शरीरभर गोली बोकर हि“डदा पनि अयोग्य ठहरिएपछि हामी बाहिरियौं,’ खड्का दम्पती भन्छन्, ‘योग्य ठहरिएपछि प्रतिव्यतिm ५ लाख दिने कुरा थियो, पछि यातायात खर्च मात्र दियो । पैसाको लोभ होइन, सात वर्षसम्म बन्दुक बोकेर आधा जीवन दिएको मूल्य नपाउ“दा मात्र दुःखी छौं ।’
योग्य ठहरिएका स“गैका योद्धा पैसा पाएर वैदेशिक रोजगारीमा ठगिएका छन् भने कसैले घरघडेरी जोडे । ‘तर, मैले ५० हजारको ऋण काटेर कपडा पसल थापें, अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा घडेरी जोडें,’ खड्का भन्छन्, ‘छोराछोरी पढाइरहेको छु । सदरमुकाम मान्मको बीच बजारमा घर किन्न सफल भएको छु । जनयुद्धले पैसा नदिए पनि कष्टमा बा“च्न सिकायो र आज मनग्य आम्दानी गर्न सफल भएको छु ।’

चुनाव लड्न सुझाव

सात वर्ष युद्धमा आधा जीवन दिइरह“दा पार्टीका अग्रजले चुनाव लड्न सुझाएको खड्का बताउ“छन् । ‘जनमुक्तिका लागि बलिदान छ, बलिदानको कदर गर्नुपर्छ भन्छन्,’ खड्काले सुनाए, ‘म सोच्छु, हुन पनि हो, सात वर्ष देश र जनमुक्तिका लागि युद्ध लडेकै हो । आज यो सफलता अरूले नै लिइरहेका छन् । कहिले सोच्छु पार्टीले टिकट दियो र जनताको माग भयो भने चुनाव लड्न तयार हुनुपर्छ । पार्टी नेता–कायकर्ता आउ“छन् । पसलमा बस्छन्, पैसा छ, साथ दिने जनता छन् ।
 

फेरिएको मोर्चा

‘अनेकन उपाय छन् । युद्धमा हि“ड्दा आफू त जसरी पनि पालिन्छ, हामी त दुनिया“ बदल्न आएको भनेर अरूलाई प्रशिक्षण दिनुपर्दथ्यो,’ खड्का भन्छन्, ‘खाना माग्नु, सुत्ने ठाउँ खोज्नु जनताका लागि लडेका भनेर अधिकारजतिकै मानिन्थ्यो । अहिले पेट पाल्ने अभिभारा थाप्लोमा आएको छ । कतिलाई आफ्नै पेट बोझ बनेको छ । योजना बनाउ“दा लगानी जुटाउने आ“ट चाहिन्छ ।’ करिब आधा लाखबाट व्यवसाय सुरु गरेको खड्का बताउ“छन् । ‘मिठो खाने अलि बेसरी काम गर्ने भन्छु,’ खड्काले थपे, ‘काम गर्न नडराउने लाउन–खान लोभ नमान्ने बानी छ ।’ उनी अहिले पनि पाखुरामा दुई गोली बोकेरै व्यवसाय गरिरहेका छन् । पूर्वलडाकु खड्काको भनाइमा कष्ट नमानेर काममा लाग्ने हो भने मीठो खान र राम्रो लगाउन अरूको आश गर्नुपर्दैन । ‘तागत पनि उत्तिकै छ, सानो छ“दै फौजी तालिम गरेको गठिलो शरीर छ,’ उनी सुनाउ“छन्, ‘लडाइँका मोर्चामा देखाएको वीरतासामु कपडा पसलमा बगाउने पसिना निकै न्यून हो । उतिबेला सहयोद्धा सदस्य साथमा थिए । यतिबेला रोजगार खोज्ने योद्धा छन् । लड्दै सिक्दै गरेकालाई गर्दै र जान्दैमा बदल्नुपरेको छ ।’ पूर्वब्रिगेट भीसी खड्कालाई कष्टमा पनि बा“च्न सक्ने साहस जनयुद्धले नै दिएको हो ।

-राजधानी दैनिकबाट
 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: