२ जना युवतीलाई ४५ दिनदेखि जबर्जस्ती याैनकार्यमा लगाउने गिराेह पक्राउ

भरतपुर । चितवनमा याैनजन्य अपराधिवरुद्ध प्रहरी अाक्रामक बनेकाे छ ।

पछिल्लाे घटनामा प्रहरीले किशाेरीलाई जबर्जस्ती याैन कार्यमा लगाउने दुईजनालाई पक्राउ गरेको छ ।

गएको असार १ गतेदेखि साउन १५ गतेसम्म सौराहा घुमाउने बहानामा विभिन्न होटलहरुमा राखी ग्राहक खोजी ल्याइ डर , त्रास तथा करकापमा पारेर यौनधन्दामा लगाएको भन्दै प्रहरीले रामेछाप मनथली नगरपालिका वर्डा नम्बर ४ स्थाइ घर भइ हाल भरतपुर महानगरपालिका ११ स्थित घोलबजार बस्ने रमिला तामाङ र गोर्खा सुलिकोट गाउँपालिका ७ बस्ने सुनिल गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले बा। ८. च. ९६०० नम्बरको गाडी समेत बरामद गरेको छ ।

चितवन प्रहरी नेतृत्वमा दान बहादुर मल्लकाे पदस्थापनासँगै याैन अपराधविरुद्ध प्रहरिले एकपछि अर्काे अप्रेशन चलाउँदै अाएकाे छ ।

पीडित किशोरीहरुको उजुरीका आधारमा त्यसलाई पछ्याउँदै गएको उनीहरुलाई पक्राउ गरेको मल्लले बताए ।

कोठा भाडामा लिएर एक पटकको तीन हजार र रातको ६ हजार रुपैयाँ लिएर जवरजस्ती यौनजन्य गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसारमा नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी चितवन अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी प्रमुख मल्लले बताए ।

कमेन्ट गर्नुहोस्