राेहितलाई आउट गर्दै काेहलीले खिचे ७ खेलाडीसँग तस्वीर, व्यापक आलाेचना

नयाँ दिल्ली ।  भारतीय क्रिकेट टीम र वेस्टइंडीजबीच आज  टी-२० खेल हुँदैछ । तर खेल शुरु हुनुअघि नै एउटा तस्वीरका लागि कप्तान बिराट काेहली आलाेचनामा परेका छन् ।

खेलका लागि अमेरिकाकाे फ्लोरिडा पुगेपछि आफ्नाे टीमका ७ वना खेलाडीसँगै उभिएर लिएकाे तस्वीर काेहलीले ट्विटरमा शेयर गरेका थिए । तर तस्वीरमा उपकप्तान राेहित शर्मा नदेखिएपछि आलाेचना शुरु भएकाे हाे ।

याे पनि पढ्नुस  बिराटका लागि इण्डियन क्रिकेट टीम दिल्ली आउँदै, आखिर किन त ?

सबैले साेधेका छन्- खै त राेहित शर्मा ?

तस्वीरमा रविंद्र जडेजा, नवदीप सैनी, खलील अहमद, श्रेयस अय्यर, क्रुणाल पंड्या, भुवनेश्वर कुमार और लोकेश राहुल छन् ।

तर रोहितलगायत  शिखर धवन, मनीष पांडेय, वॉशिंगटन सुंदर, ऋषभ पंत, राहुल चाहर र दीपक चाहर भने तस्वीरमा देखिंदैनन्

याे पनि पढ्नुस  बिराटका लागि इण्डियन क्रिकेट टीम दिल्ली आउँदै, आखिर किन त ?

कमेन्ट गर्नुहोस्