दाेलखा: पहिराेमाा परी २ वेपत्ता, ३० घरमा क्षति

दोलखा । दोलखा गौरीशंकर गाउँपालिका–१ मा गएको पहिरोमा परेर दुई जना वेपत्ता भएका छन् । पहिरोले ३० घरमा क्षति पुर्‍याएको छ ।

बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका–२ का १८ वर्षिय निशान खड्का र ५५ वर्षीय जित खत्री रहेकाा छन् ।

पहिरोमा अन्य केही सामान्य घाइते भएका छन् । काठमाडौंबाट जुगुँका लागि छुटेको यात्रुबाहक बस पहिरोले जुँगुखोलामा फसेपछि उद्धारका लागि गएकाहरु पहिरोमा परेका हुन् ।

बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्