ग्लोबल टि–२० लिगः टोरोन्ट र ब्रम्पटन भिड्दै, सन्दीपले मौका पाउने सम्भाना कति?

काठमाडौं, साउन १८ । क्यानडामा जारी ग्लोबल टि–२० लिगअन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्ट नेशनलले आज ब्रम्पटन उल्भ्सविरुद्ध खेल्दै छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुँदैछ । टोरोन्ट र ब्रम्पटनबीचको खेल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ ।

याे पनि पढ्नुस  सीपीएलः सन्दीप ‘म्यान अफ द म्याच’ घोषित

सन्दीपआवद्ध टोरान्टोले ३ खेलमा २ मा हार र एक खेलमा जीत हासिल गरेको छ । यता ब्रम्पटनले ३ खेलमा ३ खेलमै जीत निकालेर शीर्ष स्थानमा छ ।

ब्रम्पटनमा कोलिन मुनरो (कप्तान), शाहिद अफ्रिदि, वाहब रियाज, इश सोधी, शाकिव अल हसन, लेन्डल सिमन्स, रोहन मुस्तफा, आन्द्रे फ्लेचर, बाबर हायात जस्ता स्टार खेलाडी छन् ।

याे पनि पढ्नुस  आजदेखि सीपीएल शुरु, उद्घाटन खेलमा पोलार्डको टिम विजयी

आइसीसी टि–२० विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोट खेल्न सिंगापुर गएकाले सुरुवातका ३ खेल गुमाइसकेका सन्दीपले आज प्लेइङ ११ मा मौका पाउने सम्भावना धेरै छ ।

टोरोन्टो नाइट्सको पूरा टिमः युवराज सिंह (कप्तान), ब्रेण्डन म्याक्लम, सन्दीप लामिछाने, किरण पोलार्ड, हेनेरिक क्लासेन, मिचेल म्याग्लनेघन, चिराग सुरी, गुलमान शब्बीर, मनप्रीत गोनी, जेम्री नोर्दान, क्रिस ग्रीन, जेसी सिंह, कलुम म्याकल्वोइड, मार्क मन्फोर्ट, रविन्दर सिंह, सलमान नजर र रोड्रिगो थोमस ।

याे पनि पढ्नुस  सीपीएलः यस्तो रह्यो सन्दीपको दोस्रो ओभर

कमेन्ट गर्नुहोस्