बकर इदमा कतार आउँदै नेपथ्य, तयारी अन्तिम चरणमा

दोहा, साउन १७ । नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य आगामी बकर इदमा कतार आउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना तथा कास्की आदर्स सेवा समाज कतार र रामनगर–ठिमुरा सेवा समाजको सह–आयोजनामा हुन लागेको कार्यक्रमलाई सफल पार्न प्रचारप्रसारलाई समेत तिब्रता दिइएको छ ।

बकर इदको लामो छुट्टीमा ब्यान्डका प्रमुख गायक अमृत गुरुङसंगै अन्य कलाकार आउने भएपछि कतारमा रहेका नेपालीमा उत्साह थपिएको छ । कार्यक्रम बकर इदको दोस्रो दिन सनैया ग्रन्ड मलसंगैको एसियन टाउन एम्पिथिएटरमा हुने छ ।

दुई दशक भन्दा बढी समयदेखि गायनसँगै सामाजिक कार्यमा चर्चित ब्यान्ड कतारमा आउनु आफैमा ठूलो कुरा रहेको भन्दै कार्यक्रम सफल पार्न कतारबासी सम्पूर्ण नेपालीलाई आयोजकले आग्रह गरेको छ । सो कार्यक्रमको मिडिया पार्ट्नर एभरेस्ट दैनिक रहेको छ ।

कमेन्ट गर्नुहोस्