पूर्वमन्त्री बस्नेत भन्छन्, ‘सर्टिफिकेट बोकेर नेताको दैलो चहार्ने दिन अन्त्य गर्नुपर्छ’

भक्तपुर । पूर्व उद्योगमन्त्रीसमेत रहेका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विद्यालयहरु वेरोजगार उत्पादन गर्ने ठाउँ बन्नु नहुने बताएका छन् । शिक्षाले गरिखान सक्षम बनाउन सक्नुपर्नेमा जोड दिँदै उनले उक्त कुरा बताएका हुन् । शिक्षा स्वरोजगार र उत्पादनसँग जोडिन सक्नुपर्नेमा जोड दिँदै उनले भने  ‘शैक्षिक प्रमाणपत्र बोकेर जागिरका लागि नेता र हाकिमका दैला चहार्ने दिन अन्त्य गर्नुपर्छ ।’

याे पनि पढ्नुस  गणतन्त्र विरोधि सलवलाउन खोजे ढाड सेक्ने पुराना सर्टिफिकेट झिक्छौंः महेश बस्नेत

शुक्रवार सूर्यविनायक नगरपालिका वडा नं. ५ सुशीला भैरवस्थित कटुञ्जे आधारभुत विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रमुख अतिथि रहेका सांसद बस्नेतले शिक्षा सपार्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको समेत बताए । संविधानले विद्यालय शिक्षाका धेरै अधिकार स्थानीय तहमा दिएको स्मरण गराउदै उनले आफूलाई चाहिने जनशक्ति निर्माण गर्नसक्ने गरी विद्यालय संचालन गर्न सुझाव समेत दिएका थिए ।

याे पनि पढ्नुस  पूर्वमन्त्री बस्नेत भन्छन्, ‘उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्’

उक्त अवसरमा सांसद बस्नेतले भक्तपुरमा ५५ वटा विद्यालय पुनर्निमाण सम्पन्न भएको भन्दै सूर्यविनायक नगरपालिकामा मात्रै २१ वटा विद्यालय पुर्ननिर्माण सम्पन्न गर्न सफल भएकोमा नगरपालिकाको प्रसंशा गरेका थिए । सूर्यविनायकले शिक्षामा विशेष जोड दिएकोले एसइइ नतिजा पनि राम्रो निस्किएको उनको भनाइ छ ।

याे पनि पढ्नुस  सांसद बस्नेतद्वारा सरकारी सेवा सुविधाको रकम सामाजिक सेवामा खर्चिने घोषणा

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सामुदायिक विद्यालयको रुपान्तरणका लागि आफूहरु लागिपरेको दावी गरे । शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्राथमिकता पूर्वक कम भएका र धेरै उपलब्धी समेत प्राप्त भएको उनको ठहर छ । त्यसैगरि नगरप्रमुख थापाले ६९ लाखको लागतमा सोही विद्यालयमा नयाँ बन्न लागेको भवनको शिलान्यास समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्