गायक तथा गीतकार पुरन तिमिल्सिनाको ‘हे छोरेट्टी’ बजारमा

काठमाडौं । गायक तथा गीतकार पुरन तिमिल्सिनाको नयाँ गीत बजारमा आएको छ । उनको ‘हे छोरेट्टी’ बोलको नयाँ गीत बजारमा आएको हो । यो गीतमा पुरनको शब्द–संगीत, भुवन ढकाल, सोनिया डीसीको आवाज रहेको छ ।

‘हे छोरेट्टी’ मा भगेन्द्र बीसी (बीसी जी) को र्याप रहेको छ । यसअघि पुरनले ‘तिम्रो गालैमा’ बोलको गीत पनि बजारमा ल्याइसकेका छन् ।

कमेन्ट गर्नुहोस्