आफूलाई टेण्डर नपरेपछि महानगरको पार्किङ कब्जा

ललितपुर, साउन १८ । त्रिपद्म स्कुल पुलचोकको पूर्वतर्फ रहेको खाली जग्गामा साउन १ गतेदेखि नःटोलबासी धर्नामा छन्। ललितपुर महानगरपालिकाले साउन १ गतेदेखि नयाँ टेण्डरमा लगाएको थियो। स्थानीयले टेण्डर रद्ध गर्नुपर्ने र याथाशीघ्र पोखरी बनाउनुपर्ने माग राख्दै धर्ना सुरु गरे।

यसअघि खाली ठाउँमा पर्यटकका सवारी पार्किङ हुन्थे। नःत्वा पलेस्वा पुखु संरक्षण समितिले २०७३ सालदेखि टेण्डर पारेर थियो। समितिका संचालक बाबुराजा महर्जन हुन्।

याे पनि पढ्नुस  सीताराम हाछेथु महानगर प्रहरी प्रमुखमा नियुक्त

‘मंका छे’ (गुठी घर) का बाबुराजा र कदमलाल महर्जनले उक्त ठाउँ पर्यटक बसपार्ककका रुपमा चलाउँदै आएका थिए। तर गत असार ३१ मा उनीहरुको टेण्डरको म्याद सकिएपछि महानगरपालिकाले पुनः टेन्डर लगायो।

साउन १ गतेदेखि लागु हुनेगरी पाँच वर्षका लागि वडा नम्बर ८ का विनोद महर्जनलाई टेण्डर पर्यो। तर नःटोलबासी, पोखरी संरक्षण समिति मंका छेंका अध्यक्षलगायतले उक्त टेण्डर बदर हुनुपर्ने माग गर्दै धर्ना सुरु गरेका हुन्।

याे पनि पढ्नुस  नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कदमलाल र बाबुराजा महर्जनले आफूलाई टेण्डर नपरेको झोंकमा यो विवाद निम्त्याएको आरोप लगाए। उक्त ठाउँ टेण्डरमा लगाएर वषौंदेखी आर्थिक लाभ लिदैआएकाले विरोधमा उत्रिएको भन्दै उनी रुष्ट छन्।

कदमलाल महर्जन नगर प्रहरी ललितपुरका प्रमुख साथै नःटोल सुुधार समितिका अध्यक्ष पनि हुन्। नगरपालिका सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेको भन्दै महानगरपालिकाको ६ गते निलम्बन गरेको थियो। अन्नपूर्ण पोस्ट्बाट

कमेन्ट गर्नुहोस्