अस्ट्रेलियाले थप १३ देशबाट कामदार लिने

अस्ट्रेलिया, साउन १८ । अस्ट्रेलियाले हाल प्रदान गर्दै आएको ‘वर्किङ होलिडे भिसा’ मार्फत भारत लगायतका थप १३ देशका कामदार भित्र्याउने भएको छ । घुम्न आउँदा काम गर्न पाइने भिसाको यस प्रक्रियामा नेपाललाई समावेश गराउने अस्ट्रेलियास्थित नेपाली दूतावासको पहल भने असफल बनेको छ ।

अस्ट्रेलियाले ‘वर्किङ होलिडे भिसा’ का रूपमा विश्वका करिब २ दर्जन मुलुकका नागरिकलाई अनुमति दिने गरेको छ । उक्त अनुमितअनुसार विभिन्न ३ प्रकारका काम गर्न सकिन्छ । यही योजनाअन्तर्गत अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले थप १३ देशका नागरिकलाई दुर्गम क्षेत्रमा काम गर्नका लागि प्रवेशाज्ञा दिने बताएका हुन् ।

याे पनि पढ्नुस  अन्योलमा रहेको जापान जाने कामदारको परीक्षा कात्तिकमा हुने, कति लाग्छ खर्च ?

हाल छलफलको क्रममा रहेको प्रक्रियामा भारत, फिजी, फिलिपिन्स, ब्राजिल, मंगोलिया लगायत देश समेटिने भएको छ । यद्यपि, फितलो कूटनीतिक प्रयासका कारण नेपाल यो प्रक्रियामा समेटिएको छैन । अस्ट्रेलियास्थित नेपाली दूतावासका अधिकारीहरूले पनि यस प्रक्रियामा नेपाललाई पनि समेट्ने प्रयास असफल भएको बताए ।

‘साँच्चै भन्ने हो भने नेपालले आफ्नो कूटनीतिक शक्तिलाई सही रूपमा प्रयोग गरे नेपाली पनि समेटिने सम्भावना अझै छ,’ कानुनविद् डा. शमशेरसिंह थापाले भने । उनका अनुसार अस्ट्रेलियाले केही फरक सर्तहरू राखेर निश्चित समयावधिका लागि ती देशका नागरिकलाई पूर्णतः काम गर्ने अधिकार प्रदान गर्दछ ।

याे पनि पढ्नुस  जापानले नेपालबाट न्यून संख्यामा मात्र कामदार लैजाने

यही प्रक्रियामा समेटिन दूतावासका साथै यहाँको नेपाली समुदायले पहल गर्न सक्ने हो भने नेपालीलाई पनि यो अवसर आउने थापाको धारणा छ । ‘यहाँ अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा नेपाल तेस्रो ठूलो हुनु र अध्यागमन मन्त्रीसँग नेपाली समुदायको राम्रो सम्बन्धकाले हिसाबले पनि सुखद् नतिजा निस्कन सक्छ,’ थापाले भने । तर यसप्रति नेपाल सरकार, कूटनीतिक निकाय र नेपाली समुदाय कति जानकार छ र पहल गर्न सक्छ भन्नेमा भर पर्छ ।

याे पनि पढ्नुस  विदेश जान कामदारले अनिवार्य बैंक खाता खोल्नुपर्ने

विद्यार्थीका रूपमा आउने नेपालीलाई ‘वर्किङ होलिडे भिसा’ प्रक्रियामा सहभागी गराउन सके सकारात्मक सन्देश दिने कतिपयको दाबी छ । डा. भरतराज पौडेल दक्षिण एसियाली मुलुक भारत समेटिएको अवस्थामा नेपाललाई निश्चित कोटा छुट्टाउनका लागि सहमत गराउन सकिने सम्भावना भएको धारणा राख्छन् । तर, यसका लागि नेपालको कूटनीतिक प्रयासहरु दरिलो हुनुपर्ने उनको भनाइ छ । या समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्