प्रहरीसँग दोहोरो फायरिङमा ७ माओवादीको मृत्यु

काठमाडौं, साउन १८ । भारतमा सशस्त्र संघर्ष गर्दै आएका भारतीय कम्युनिष्ट पार्टी माओवादीका ७ जना लडाकू मारिएका छन् । छत्तीसगढको राजनांदगांवमा शनिवार डिस्ट्रिक्ट रिजर्व ग्रुप (डीआरजी) का सुरक्षाकर्मी र नक्सलवादीबीच भएको मुठभेडमा ७ जना नक्सली मारिएका हुन् ।

दैनिक भाष्करका अनुसार, घटनास्थलबाट ठूलो मात्रामा विष्फोटक पदार्थ र हतियार बरामद गरिएको छ। छत्तीसगढ़का पुलिस प्रमुख डीएम अवस्थीले मुठभेडमा ७ नक्सलवादी मारिएको पुष्टि गरेका छन् ।

शनिवार बिहान ८ बजे बागनदी इलाकामा सर्चिंङमा निस्केका सुरक्षाकर्मी सीतागोटा पहाडमा माओवादी खोज्दै पुगेका थिए । प्रतिरक्षामा उत्रेका माआवादीले गोली चलाउँदा ठूलो क्षति भएको हो ।

कमेन्ट गर्नुहोस्