Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टीकापुरबाट विप्लवका कार्यकर्ता पक्राउ

धनगढी, साउन १८ । प्रहरीले कैलालीको टीकापुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका-३ शंकरपुरबाट जानकी गाउँपालिका इन्चार्ज राम बिकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।

खेतमा पानी लगाइरहेको अवस्थामा बिकलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई आजै जिल्ला चलान गरिएको भनिए पनि इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउको बारेमा पुष्टि गरेको छैन ।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएपी मनोहर प्रसाद भट्टले घटनाको बारेमा जिल्लाबाट पुष्टि नहुँदासम्म सार्वजनिक गर्न नमिल्ने बताए । विप्लव स्रोतले भने उनलाई घरबाटै पक्राउ परेको पुष्टि गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: