Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नयाँ टी–२० वरीयता सार्वजनिक, नेपाल ११ औं स्थानमा

काठमाडौं, साउन १८ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ टी–२० वरीयतामा नेपाल ११ औं स्थानमा कायम रहेको छ । नेपालले १४ टी–२० बाट २०१ रेटिङ निकाल्दै ११ औं स्थानमा कायमै रहेको हो ।

नेपालले जूलाईमा मलेसियासँगको दुई खेलको टि–२० सिरिज जित्नुका साथै आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो ।

टि–२० वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका चौथोमा अष्ट्रेलिया, पाँचौमा भारत, छैटौँमा न्यूजिल्याण्ड, सातौँमा अफगानिस्तान, आठौँमा श्रीलंका, नवौँमा वेष्ट इण्डिज र दशौँमा बंगलादेश रहेका छन् ।

एक दिवसीय वरीयतामा पनि नेपाल १५औंँ स्थानमा यथावत छ । एक दिवसीय वरीयताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: