भारतविरुद्ध वेस्ट इन्डिजको खराब प्रदर्शन, ३५ रन नबनाउँदै गुमायाे ५ विकेट !

काठमाडौं, साउन १८ । भारत विरुद्धको टि–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले खराब सुरुवात गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले ६ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाएर ३३ रन मात्र बनाएको छ ।

वेस्ट इन्डिजका इभन लुइस, जोन क्याम्बेल, शिमरोन हिटमायर शून्य,  रमन पावेल ४ र निकोलश पूरन २० रनमा आउट भए ।

बलिङमा नवदीप सैनीले २, वासिङटन सुन्दर, खलिल अहमद र भुवनेश्वर कुमारले एक–एक विकेट लिइसकेका छन् । एकदिवसीय विश्वकप २०१९ पछि भारत र वेस्ट इन्डिज पहिलो सिरिज खेल्दै छन् ।

भारतको प्लेइङ ११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), मनीष पाण्डे, ऋषभ पन्त, क्रुणाल पाण्ड्या, रविद्र जडेजा, भुवनेश्वर कुमार, वासिङटन सुन्दर, नवदीप सैनी र खलील अहमद ।

वेस्ट इन्डिजको प्लेइङ ११ः कार्लोस ब्रार्थवेट (कप्तान) जन क्याम्बील, इभन लुइस, शिमरन हिटमायर, निकोलस पूरन, किरण पोलार्ड, सुनील नारायाण, शेल्डन कट्रेल, ओशन थोमस, रमन पावेल र कीमो पउल ।

कमेन्ट गर्नुहोस्