ग्लोबल टि–२० लिगः टोरोन्टाेले टस जित्यो, सन्दीपले पाए मौका

काठमाडौं, साउन १८ । क्यानडामा जारी ग्लोबल टि–२० लिगअन्तर्गत ब्रम्पटन उल्भ्सविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध टोरोन्टाे नेशनलले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुँदैछ ।

टोरोन्ट र ब्रम्पटनबीचको खेल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ । अघिल्लो ३ खेल गुमाएका सन्दीप आज भने प्लेइङ ११ मा अटाएका छन् ।

सन्दीपआवद्ध टोरान्टोले ३ खेलमा २ मा हार र एक खेलमा जीत हासिल गरेको छ । यता ब्रम्पटनले ३ खेलमा ३ खेलमै जीत निकालेर शीर्ष स्थानमा छ ।

कमेन्ट गर्नुहोस्