टि–२० सिरिजः वेस्ट इन्डिजद्वारा भारतलाई ९६ रनको लक्ष्य

काठमाडौं, साउन १८ । भारत विरुद्धको टि–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले ९६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो ।

उसका लागि किरण पोलार्डले २ चौका र ४ छक्काको मद्दतमा ४९ बलमा ४९ रन बनायो । यस्तै निकोलश पुरनले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नवदीप शैनी ३, भुवनेश्वर कुमारले २, रविन्द्र जडेजा, वासिङटन सुन्दर, खलिल अहमद, कुणाल पाण्ड्याले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्