टि–२० सिरिजः भारतले सस्तैमा गुमायो पहिलो विकेट

काठमाडौं, साउन १८ । टि–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको भारतले सस्तै पहिलो विकेट गुमाएको छ । उसले पहिलो विकेटका रुपमा शिखर धवनलाई १ रनमा गुमाएको हो । उनलाई २.६ ओभरमा स्लड्रेन कोट्रेलले आउट गरे । यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो ।

याे पनि पढ्नुस  चम्किँए १४० किलाेका यी क्रिकेटर, डेब्यू खेलमै लिए भारतको महत्वपूर्ण विकेट

उसका लागि किरण पोलार्डले २ चौका र ४ छक्काको मद्दतमा ४९ बलमा ४९ रन बनायो । यस्तै निकोलश पुरनले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नवदीप शैनी ३, भुवनेश्वर कुमारले २, रविन्द्र जडेजा, वासिङटन सुन्दर, खलिल अहमद, कुणाल पाण्ड्याले एकएक विकेट लिए ।

याे पनि पढ्नुस  चम्किँए १४० किलाेका यी क्रिकेटर, डेब्यू खेलमै लिए भारतको महत्वपूर्ण विकेट

कमेन्ट गर्नुहोस्