Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ग्लोबल टि–२० लिगः सन्दीपले लिए कप्तानको विकेट

काठमाडौं, साउन १८ । क्यानडामा जारी ग्लोबल टि–२० लिगअन्तर्गत ब्रम्पटन उल्भ्सविरुद्ध टोरोन्टो नेशनलमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । उनले आफ्नो दोस्रो ओभरको चौथो बलमा कप्तान कोलिन मुनरोलाई २८ रनमा आउट गर्न सफल भएका ।

सन्दीपले पहिलो ओभरमा २४ रन दिए पनि दोस्रो ओभरमा भने विकेट लिएर मात्र ३ रन खर्चिए । आज टोरोन्टो नेशनलले टस जितेर बलिङ रोजेको छ ।

टोरोन्ट र ब्रम्पटनबीचको खेल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ । अघिल्लो ३ खेल गुमाएका सन्दीप आज भने प्लेइङ ११ मा अटाए ।

सन्दीपआवद्ध टोरान्टोले ३ खेलमा २ मा हार र एक खेलमा जीत हासिल गरेको छ । यता ब्रम्पटनले ३ खेलमा ३ खेलमै जीत निकालेर शीर्ष स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: