Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टि–२० सिरिजः वेस्ट इन्डिजविरुद्ध भारत ४ विकेटले विजयी

काठमाडौं, साउन १८ । वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिजको पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको छ । वेस्ट इन्डिजले दिएको ९६ रनको लक्ष्य भारतले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि रोहित शर्माले २४, विराट कोहली मनीष पाण्डेले १९–१९, कुणाल पाण्ड्याले १२, शिखर धवनले १, ऋषभ पन्तले खातानै खोल्न सकेनन् । यस्तै यस्तै रविन्द्र जडेजा १० र वासिङटन सुन्दर ८ रनमा नट आउट रहे ।

बलिङमा सुनिल नारायण, स्लड्रेन कोट्रेल र किमो पउलले २–२, यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो ।

उसका लागि किरण पोलार्डले २ चौका र ४ छक्काको मद्दतमा ४९ बलमा ४९ रन बनायो । यस्तै निकोलश पुरनले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नवदीप शैनी ३, भुवनेश्वर कुमारले २, रविन्द्र जडेजा, वासिङटन सुन्दर, खलिल अहमद, कुणाल पाण्ड्याले एक–एक विकेट लिए । भारतले ३ खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: