Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमेरिकाकाे शपिङ मलमा २१ वर्षीय युवकद्वारा अन्धाधुन्ध गाेली प्रहार, २० काे मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सासमा रहेकाेे एउटा सपिङ मलमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

एल पासो शहरको सिएलोभिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गरिएको आक्रमणमा अन्य २६ जना घाइते भएका छन् ।

यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ । अन्धाधुन्ध गोली प्रहारपछि भागदौड मच्चिएको थियो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

गोली चलाएको आरोपमा २१ वर्षीय प्याट्रिकम क्रुसियसलाई पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी डालास क्षेत्रका बासिन्दा रहेको बताइएको छ । आरोपितलाई पक्राउ गर्न प्रहरीले गोली नचलाएको स्थानीय प्रहरी प्रवक्ता रोबर्ट गोमेजले जानकारी दिए ।

टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको बताए ।

उनले राज्यको सुरक्षा व्यवस्था हाल कडा पारिएको बताए । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटना निकै दुःखद भएको बताएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: