Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आगलागीबाट ४ गाेठ जलेर नष्ट

गुलरिया, साउन १९ । बर्दियाको राजापुर नगरपालिका-७ स्थित तिलाहान टोलमा आगलागी हुँदा ४ गोठ जलेर नष्ट भएका छन्। शनिबार राति रामचरण चौधरी, शरण चौधरी, सुन्दरलाल थारु र हरिचरण थारुको गोठमा आगलागी भएको हो।

रामचरण चौधरीको जस्तापाताले छाएको घरमा आगलागी हुँदा ५ क्विन्टल धान, ६ क्विन्टल गहुँ, साइकललगायतका सामग्री जलेको पीडितले बताए। सुन्दरलाल थारुको गोठमा राखिएको सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।हरिचरण थारुको गोठ, ३ बोरा चामल,एउटा बाख्रा जलेको छ।

शरण चौधरीको भान्सा र गोठ दुवैमा आगलागी हुँदा सिसमका काठलगायत भाँडावर्तन जलेको राजापुर निवासी स्थानीय सागर विकले जानकारी दिए। इलाका प्रहरी कार्यालय राजापुरका शसस्त्र प्रहरी र स्थानीयको पहलमा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो। राति करिब ३:३० आगलागी भएको हो। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: