गुलरिया, साउन १९ । बर्दियामा बेवारिसे अवस्थामा तीन किलो बढी यार्सागुम्बा फेला परेको छ। जिल्लाको बाँसगढी नगरपालिका–५ हाउपुरस्थित सडक छेउको झाडीमा दुई वटा पोकामा तीन किलो ५० ग्राम यार्सागुम्बा फेला परेको हो।
यार्सागुम्बा इलाका प्रहरी कार्यालय, मोतिपुरबाट प्रहरी निरीक्षक वसन्त गौतमको कमाण्डमा खटिएको गस्ती टोलीले बरामद गरेको हो।
रातो प्लाष्टिकमा टुक्रा टुक्रा ९ सय ५० ग्राम र सोही प्लाष्टिकको बोरामा रहेको अर्को रातो प्लाष्टिकमा सिंगो अवस्थामा रहेको २ किलो सय ग्राम यार्सागुम्बा बरामद गरिएको बाँसगढी प्रहरीले जनाएको छ ।
बरामद यार्सागुम्बा वन कार्यालयमा बुझाउने तयारी भएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । उनले यार्सा अलि पुरानो रहेको बताए ।