निमोनियाबाट वडाध्यक्षको निधन

भोजपुर, साउन १९ । जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिकाको–१ श्यामशिलाका वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ। ७६ वर्षीय वडाध्यक्ष पाण्डेको शनिबार साँझ उपचारका क्रममा निधन भएको हो ।

केही दिनदेखि निमोनियाबाट ग्रसित पाण्डेको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो। वडासदस्य दिपक सुवेदीका अनुसार अस्पताल पुर्‍याउन नपाउँदै पाण्डेको निधन भएको हो ।

वडाध्यक्ष पाण्डेको निधनले सिंगो पौवादुङ्मा गाउँपालिकालाई अपुरणीय क्षति पुगेको गाउँपालिका अध्यक्ष किरण राईको बताए ।

कमेन्ट गर्नुहोस्