रोहितले आज पूरा गर्न सक्छन् यी २ कीर्तिमान

काठमाडौं, साउन १९ । भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्माले नयाँ कीर्तिमान बनाउने सम्भावना बढेको छ । उनले शनिबारदेखि सुरु भएको वेस्ट इन्डिज विरुद्धको सिरिजमा नयाँ कीर्तिमान हासिल गर्ने सम्भावना बढेको हो ।

यदि रोहितले आजको खेलमा २ छक्का प्रहार गरेमा सर्बाधिक छक्का लगाउने पहिलो भारतीय ओपनर बन्नेछन् ।

हालम्म उनले २९६ छक्का प्रहार गरिसकेका छन् । रोहित टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्बाधिक छक्का प्रहार गर्ने सूचीको शीर्ष स्थानमा पुग्न धेरै टाढा छैनन् । उनले वेस्ट इन्डिज विरुद्धको सिरिजमा अब २ छक्का प्रहार गरे उनी शीर्ष स्थानमा पुग्ने छन् ।

हालसम्म टि–२० मा सर्बाधिक छक्काको रेकर्ड क्रिस गेलको नाममा छ । उनले टि–२० मा १०५ छक्का लगाएका छन् ।

यस्तै न्यूजिल्याण्डका पार्टिन गुप्टिलले १०३, रोहितले ९७ म्याचमा १०३ छक्का प्रहार गरेका छन् । भारतले वेस्ट इन्डिजसँगको तीन टि–२०, तीन वान डे र २ टेस्ट खेलको सिरिज शनिबारदेखि खेन सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्