Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्याङ्जामा सुरु भयो व्यावसायिक टिमुर खेती

स्याङ्जा,साउन १९। आयुर्वेदिक जडीबुटी भित्र पर्ने टिमुर खेती स्याङ्जा गल्याङ नगरपालिका ४ का कृषकले सुरु गर्न थालेका छन्।

संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिने कृषक काे भनाई छ अहिले स्याङ्जा गल्याङ
नगरपालिका चार कुरुम्चेमा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेका छन् ।

गल्याङ न पा वडा नं ४ चार कुरुम्चे काे सिर भनेर चिनिने खानि टाेल काे पधेरे खाेला क्षेत्रलाई पकेट क्षेत्रका रुपमा छनौट गरी कृषकले समूहमा टिमुर खेती गर्न थालेका हुन ।जडीबुटी भित्र पर्ने, जङ्गलमा पर्याप्त मात्रामा पाइने, भान्सामा अत्यावश्यक वस्तुजस्तो पर्ने भए पनि जनचेतनाको कमीले गर्दा टिमुर को व्यावसायिक खेती गरी उपयोगमा ल्याउन नसक्दा व्यावसायिक तवरले सफलता प्राप्त गर्न सकिएको छैन ।

तत्कालका लागि तिन हजार बिरुवा लगाई खेती सुरु गरेको भए व्यावसायिक रूपमा अगाडि लैजान अझै बिरुवा लगाउने उनीहरुको भनाइ छ ।त्यस क्षत्रमा तेजपात, टिमुर र अम्रिसोको बजार राम्रो रहेकाले कृषकले यथेष्ट आम्दानी लिन सक्ने अनुमान छ ।

टिमुर खेतीलाई व्यावसायिकरण गर्ने उद्देश्यले करिब अन्दाजि १४५ घर धुरीका कृषकले समूह मार्फत खेती गर्न थालेको समितिका अध्यक्ष भुपराज न्याैपानेले जानकारी दिए । समितिले टिमुरसँगै अम्रिसो र दालचिनीको बिरुवा लगाउने योजना समेत रहेकोे न्यौपानेले बताए । टिमुरको बोटमा काँडा हुने, काँडाले घोच्यो भने घाउ पाक्ने भएकाले घर तथा बस्ती नजीकमा समेत यसको बिरुवा लगाइँदैन यो प्राकृतिक जङ्गलमा आफै हुर्किएको बोटबाट टिप्ने गरिन्छ।

गाउँका केही व्यक्तिले टिपेर बुटवलको बजारमा पु¥याई न्यूनतम मूल्यमा बिक्री गर्दछन् । कृृषकमा टिमुरबाट भन्दा अन्य क्षेत्र दालचिनी, अम्रिसोबाट छोटो समयमा धेरै आम्दानी लिने प्रवृत्ति बढेकाले कृषकहरुको आकर्षण भएको पाइएको छ । लगाएको तीनदेखि पाँच वर्षपछि उत्पादन लिन सकिने र एक पटक लगाए पछि ५० वर्षसम्म आम्दानी लिन सकिने भए पनि यस खेतीबाट आम्दानी गर्न सकिन्छ भन्ने राम्रो ज्ञान नभएका कारण खेती विस्तार हुन नसकेको शिव प्रसाद न्याैपानेको भनाइ छ ।

मानव स्वास्थ्यलाई अत्यन्त राम्रो मानिने, औषधिका रुपमा प्रयोग हुने भए पनि यसको खेती विस्तार गरी उपयोगिताका विषयमा गाउँका कृषकलाई चेतना नभएका कारण अन्य खेतीमा जस्तो टिमुर खेतीमा कृषकको आकर्षण नभएको हो यादव सुवेदि बताउछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: