बागलुङका पत्रकार क्षत्रीको एनसिसि कतारको खुल्ला सदस्यमा उमेदवारी

दोहा, साउन १९ । कतारमा वैदेशिक रोजगारीसंगै पत्रकारितामा समेत सक्रिय रहेका सन्तोष क्षत्री (ओम)ले गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा खुल्ला सदस्यको लागि आफ्नो उमेदवारी दिएका छन् ।

पर्वत जिल्लाको पहिलो एफ.एम रेडियो पर्वत, बागलुङको सयपत्री एफ.एमसंगै बागलुङकै धौलागिरि जागरण दैनिक पत्रिकामा गरि करिब १० वर्ष लामो पत्रकारिताको अनुभव संगालेका क्षत्री पछिल्लो तिन वर्ष यता बैदेशिक रोजगारीको लागि कतारमा कार्यरत छन् ।

क्षत्रीसंग नेपालमा हुँदा पत्रकारितासंगै विभिन्न समाजिक संस्थाहरु काम गरेको अनुभव छ । उनले क्षत्री समाज बागगलुङको सचिव र धौलागिरिकै पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाको सञ्चालक भएर काम गरि सकेका छन् ।

सरल र सादा जीवन रुचाउँने क्षत्री र पत्रकार सिर्जना पन्तले २०७१ सालमा आफ्नो विवाह खर्च कटाएर ५० हजार राशिको सृजनशिल पत्रकारिता कोष समेत स्थापना गरेका थिए । क्षत्रीले नेपालसंगै कतारमा रहेर सामाजिक काम गर्दा एक्कलैले भन्दा संगठित भएर काम गर्दा परिणाम मुखी हुने महशुष गरेको भन्दैं श्रमजीविहरुको पक्षमा सांगठनिक रुपमा आवाज बुलन्द गर्नको लागि आफुले उमेदवारी दिएको बताए ।

कतारमा रहदा क्षत्री पत्रकारिता संगै, खस क्षत्री सेवा समाज कतारको प्रवक्ता समेत रहेका छन भने पर्वत समाज कतारको निवर्तमान कार्य समिति सदस्य र गण्डकी प्रदेश समन्वय परिषद कतारको कार्यपत्र तयारी समितिको सदस्य भएर काम गरि सकेका छन ।

युरोप, अमेरिकका र अस्ट्रेलियामा भएका आम गैरआवासीय नेपाली भन्दा आफुहरुको अवस्था फरक रहेको भन्दैं तोकिएको काम र पारिश्रमिक नपाएका नेपालीहरुको लागि आफुले आवाज उठाउँने उनको भनाइ छ । उनले नेपालको अर्थतन्त्र आफुजस्तै युवाहरुले पठाएको रेमिटान्सले धानीरहेको भएपनि मध्यपुर्व र मलेसियामा रहेका आम नेपाली श्रमजिवि वर्गको पक्षमा सरकार गम्भीर बन्न नसकेको भन्दैं निरन्तर दबाब दिनुपर्ने बताए ।

आफुहरुकोे मुद्दा रेमिटान्स मात्रै नभएर बिदेशमा सिकेको सीप आर्जन गरेको ज्ञान र पुजिलाई नेपालको उत्पादनशिल क्षेत्रमा लगानी गर्न पाउँनुपर्ने र त्यो सुरक्षित हुनुपर्ने भन्दै त्यसका लागि पहल गर्ने बताएका छन्। साथै उनले आफ्नो इच्छा र रहरले मात्र एन आर एन ए मा सदस्य हुन सम्भव नभएको भन्दैं आज सम्म आफुले सामाजिक क्षेत्रमा गरेका काम र आफ्नो पृष्ठभुमिलाई हेरेर मत दिन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्