मलेसियामा एनआरएनको चुनावी चहलपहलः को–को छन् अध्यक्षका आकांक्षी?

मलेसिया, साउन १९ । गैर आवासीय नेपाली संघ मलेसियाको अधिवेशन नजिकिएसङ्गै मलेसियाका नेपाली माझ चुनाबी सरगर्मिको असर देखिन थालेको छ। मुख्यतया गैर आवासीय नेपाली संघ भन्ने बितिकै अन्य मुलुकहरुमा स्थायी बसोवास गर्ने नेपालि मुलुकका नागरिकहरुको साझा सस्था भनेर सरल भाषामा बुझ्न सकिन्छ।मलेशियाको हकमा पनि सोही बुझाई हुनुपर्ने तर नेपाली श्रमिक बिचमा त्यति धेरै लोकप्रिय र चासोको बिसय बन्न भने सकेको छैन।

बिगतका फाट्टफुट्ट नेतृत्वहरु बाहेक यो सस्थाले खासै उपलब्धि हात पार्न नसकेको सहजै अनुमान लाउन सकिन्छ। कारण वास्तविक श्रमिकभन्दा मलेसियामै ब्यापार, ब्यवसाय गरेर बस्नेहरुको हालीमुहाली अधिक मात्रमा छ। संगठित रुपमा सामुहिक काम गर्न राम्रै मानिन्छ जहाँजहाँ नेपाली पुगेका हुन्छन् उहीँ संगठन बनाएर केही न केही उदाहरणीय सामाजिक कार्यहरु गरेको प्रशस्तै पाइन्छ।

तथापि मलेसियाको हकमा गैर–आवासीय नेपाली संघको काम पेचिलो बन्दै गईरहेको छ।त्यहा नेतृत्व गर्ने नेतृत्वकर्ता होस वा समिति भित्र आवद्ध रहेका सदस्य, बिना पुजि बिना लगानी र बिना पहुच स्वच्छ प्रतिस्पर्धा गर्नु भनेको कोसे ढुङ्गा साबित हुनु जस्तै बनेको छ।

त्यसको एकमात्रै कारण पुजीवादी सस्कृती र म्यानपावर ब्याबसायीहरुको आवद्धता हो।त्यसो त त्यही सस्था भित्रका केही ब्यक्तित्वहरु त्यस्ता पनि छन। जो मलेसियामा दसकौदेखि समाजसेवा र श्रमिक हितका निम्ति निरन्तर लागिरहेको पाइन्छ। तर पुजि अभाबकै कारण त्यस्ता राम्रा छवि भएकाहरु लाई नेतृत्वदायी भूमिकाबाट बारम्बार वाइपास भइरहेका छन् ।

याे पनि पढ्नुस  नामका मात्रै नेपाली दूतावास, परराष्ट्रमन्त्रीको अनुहार हेर्न मन छैन : एनआरएन अध्यक्ष कोइराला

गैर आवासिय नेपाली संघ मलेसियामा २०१७–०१९ को कार्यकालका लागि महासचिव सुन्दर आले र अर्का आकाक्षी हरि भट्टराईको नाम बाहिर आएको छ। आउँदो सेप्टेम्बर–१ मा हुन लागिरहेको गैर आवासीय नेपाली संघ मलेसियाको २०१९–२१ को अधिबेशनबारे मलेसियाका नेपाली माझ चुनाबी माहोल तातिएको छ।

संघले उम्मेदवारी मनोनयन दर्ता घोषणा गर्न पूर्ब मलेसियाका नेपाली माझ भट्टराई र आलेको समर्थक र बिरोधिहरुले सामाजिक सन्जाल मार्फत् चर्को बहस समेत सुरु गरिसकेका छ्न। उक्त दुई बर्षे कार्यकालका लागि यतिबेला अध्यक्षका दाबेदार दुई महत्वाकांक्षी उम्मेदवारहरु आले र भट्टराई लाई विशेष महत्वका साथ हेरिएको छ।

मलेसियामा रहेका नेपाली माझ सुन्दर आलेको परिचय
मलेशियामा नेपाली श्रमिकहरुलाई संगठित गर्ने र भइपरी आएको समस्याहरुमा उद्दार तथा आर्थिक सहयोग गर्ने ब्यक्ती मध्ये सुन्दर आलेको नाम अग्रपंक्तिमा आउँछ।
मलेशिया बसाइको करिब १ दशक बिताएका आलेले नेपाली संघ सस्थाहरुमा आफुले गर्न सक्ने नैतिक आर्थिक र भौतिक सहयोग गर्ने गरेका छन।त्यति मात्रै होइन नेपालका आदिवासी जनजातिहरुको साझा सस्था नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका सस्थापक अध्यक्ष समेत आले नै हुन् ।

याे पनि पढ्नुस  एनआरएनको निर्वाचनमा अझै तनाव, प्रहरीले गर्नुपर्यो हस्तक्षेप

विशेष गरि सबै जाती धर्म,भाषा,सस्कृती सङ्ग समान धारणा राख्ने र सबै समुदायका ब्यक्तिहरु सङ्ग मिलनसार भावले प्रस्तुत हुने उनको पहिलो विशेष्ता हो। आफ्नै ब्याबसाय गरेर बसेका नेपालीहरु मध्य हालसम्म कुनै पनि गैरकानुनी कार्य र सस्थामा विवाद नपरेका स्वच्छ छवि भएका सरल र भलाद्मी ब्यक्तित्वको परिचयमा आलेको नाम राख्न त्यहा रहेका नेपालीहरु रुचाउँछन् ।

सबै माझ लोकप्रीय स्वभाव र मिलनसार तथा उनको इमान्दारीतानै अबको नेतृत्व हत्याउन सक्ने बलियो प्रतिस्पर्धाको आधार रहेको प्राय नेपालिहरुको बुझाइ छ।त्यसै गरि मलेसियामा गठित सम्पूर्ण जातिय सस्थाहरुको बलियो साथ समेत आलेलाइ नै रहेको छ। त्यसैले पनि ढुक्क भएर गैर आवासीय नेपाली संघ मलेसियाको नेतृत्वमा उम्मेदवारी दिन लागेको उनी निकट श्रोतको भनाइ छ । आले यस अघि नै दुई कार्यकाल महासचिव भइसकेका छन् ।

याे पनि पढ्नुस  आइएलओ र एनआरएनबीच कोेभिड-१९ विरुद्ध लड्न ५ करोड १० लाखको अनुदान सम्झौता

अध्यक्षका अर्का दावेदार हरि भट्टराई
गैर आवासिय नेपाली संघ मलेशियाको २०१७–१९ समितिको अवधी सकिँदै गर्दा आगामी २०१९र–२१ को अध्यक्ष पदका प्रत्याशी उम्मेदवारका लागि मलेशियाका नेपाली माझ चर्चामा रहेको नाम मध्ये हरि भट्टराई पनि एक प्रमुख नाम हो।

गैर आवासीय नेपाली संघ मलेशियाको पुर्ब सल्लाहकार समेत रहेका भट्टराई पछिल्लोपटक २०१७–१९ को समितिले मनोनीत गरेको सदस्यको हैसियतमा रहेका थिए। सामाजिक रुपमा उनको छवि र लगाब त्यति देखिदैन। म्यानपावर ब्याबसायिको रुपमा आफूलाई स्थापित गरेका भट्टराई मलेसियामा गठित विभिन्न संघ सस्थाहरुको सार्बजनिक कार्यक्रमहरुमा खासै उपस्थिती देखिँदैन।

समाजसेबी भन्दा पनि उनी ब्यापारिक दृष्टिकोणले मलेसियाका ब्याबसायीहरु मध्ये एक स्थापित नाम हो, भनेर प्रायले चिन्छन्। मलेसिमै म्यानपावर कार्यालय सञ्चालन गरेर बसेका भट्टराईको रेस्टुरेन्ट, कपडा पसल, मिनि मार्केट र विभिन्न कम्पनिहरु सञ्चालन गर्दै आइरहेका छन। साथै उनले करिब १५०० भन्दा बढी नेपाली मजदुरहरुलाई काम लगाएका छन् । त्यस हिसाबले पनि मलेसियाका नेपालीले समाजसेवी भन्दा व्यापारी भनेर चिन्ने गरेको श्रोतको दावी छ।

कमेन्ट गर्नुहोस्