निर्मला हत्या प्रकरणः आन्दोलनमा घाइते भण्डारालाई मासिक २५ हजार दिने निर्णय

काठमाडौं, साउन १९ । सरकारले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही माग गर्दै भएको आन्दोलनका घाइते अर्जुन भण्डारालाई राहत स्वरुप मासिक २५ हजार दिने निर्णय गरेको छ ।

आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णयमा घाइते भण्डारालाई मासिक कुरुवासहितलाई २५ हजार दिने निर्णय गरेको जनाइएको छ। निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै गच भदौ ७ र ८ गतेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएका भीमदत्त नगरपालिका –४ का भण्डारा काठमाडौंस्थित शिक्षण अस्पतालमा अचेत अवस्थामा छन् । उनको दायाँ खुट्टा काटिएको छ भने अन्य शरीर पनि चल्दैन ।

कमेन्ट गर्नुहोस्