डेब्यू खेलमै सैनीले बनाए यस्तो कीर्तिमान

काठमाडौंः  वेस्ट इण्डिज विरुद्धको टि–२० सिरिजको पहिलो खेलमा भारत ४ विकेटले विजयी भएकाे खेलमा बलर नवदीप सैनीले नयाँ कीर्तिमान बनाएका छन् ।

डेब्यू खेलको पहिलो ओभरमा छक्का खाए पनि लगातार दुई विकेट लिँदै सैनीले वेस्ट इण्डिजको इनिङलाई धराशायी बनाए । उनले कुल ३ विकेट लिए । त्यस्तै पारीको अन्तिम ओभरमा सैनीले नयाँ कीर्तिमानसमेत बनाउन सफल भएका छन् । अन्तिम ओभरको बलिङ गर्दै गर्दा सैनीको सामुन्ने अनुभवी ब्याट्सम्यान किरण पोलार्ड थिए।

किरणलाई सैनीले भने एक रन पनि जोड्न नदिई एलबिडब्लु गराइदिए। यसका कारण अर्धशतकबाट बनाउन पोलार्ड मात्र १ रनले चुके। त्यसपछि ब्याटिङमा आएका थोमसलाई पनि सैनीले रन जोड्न दिएनन् र इण्डिजको पूरा इनिङ् ९५ मा समेटियो।

यसरी सैनी टि–२० खेलको अन्तिम ओभरमा मेडन फ्याँक्ने पहिलो भारतीय खेलाडी बने। अन्तराष्ट्रिय विश्व क्रिकेटमा यस्तो उनीबाहेक ३ खेलाडीले मात्र गरेका छन्। यो सूचिमा न्यूजिल्याण्डका जीतन पटेल, पाकिस्तानका मोहम्मद आमिर र सिंगापुरका जनक प्रकाशमात्र रहेका छन्।

३ खेलाडीले यो काम गरिसकेको भएपनि नवदीप सैनी डेब्यू खेलमा यस्तो गर्ने पहिलो खेलाडी भएका छन्। आजसम्म कुनै पनि खेलाडीले आफ्नो डेब्यू खेलको अन्तिम ओभरमा मेडन बनाएको छैन्।

कमेन्ट गर्नुहोस्