अचम्मः यो गाउँमा केटीमात्रै जन्मिन्छन्, केटा जन्मे पुरस्कार दिने मेयरले गरे घोषणा

काठमाडौं । प्रकृतिका अनेकन रहस्य बुझ्ना गारो पर्छ । कुनै गाउँमा केटा या केटीमात्रै जन्मिने कुरा पत्याउन गारै पर्छ ।

तर चेक गणतन्त्र र पोल्याण्डको सीमामा बसेको एउटा गाउँमा भने विगत लामो समयदेखि एकजना पनि केटा मान्छे जन्मेका छैनन् ।

मजेस्के ओद्रजेनस्की नाम गरेको यो अनौठौ गाउँका मेयरले केटा मान्छे जन्माउनेलाई पुरस्कार नै दिने घोषणा गरेका छन् ।

यो गाउँमा वर्ष २०१० मा भने एउटा बालकले जन्म लिएको थियो । त्यसपछि भने अहिलेसम्म जन्मेका सबै बालिका नै छन ।


करिब ३ सय जनसंख्या भएको यो गाउँको यही विशेषताले अहिले संसारभरी यो गाउँको चर्चा छ । गाउँमा एकमात्र किशोर छन् ।

गाउँका मानिसहरु भने निकै अचम्ममा परेका छन् । यो घटनाका पछाडिको वैज्ञानिक कारण पत्ता लगाउन वार्सा विश्वविद्यालयले अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्