भारतले ब्याटिङ रोज्यो, को–कोले पाए प्लेइङ ११ मा मौका?

काठमाडौं, साउन १९ । वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि अमेरिकामा सुरु हुँदैछ ।

एकदिवसीय विश्वकप २०१९ पछि यी दुई टिम पहिलो सिरिज खेल्दै छन् । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।

भारतको प्लेइङ ११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), मनीष पाण्डे, ऋषभ पन्त, क्रुणाल पाण्ड्या, रविद्र जडेजा, भुवनेश्वर कुमार, वासिङटन सुन्दर, नवदीप सैनी र खलील अहमद ।

वेस्ट इन्डिजको प्लेइङ ११ः कार्लोस ब्रार्थवेट (कप्तान), इभन लुइस, शिमरन हिटमायर, निकोलस पूरन, किरण पोलार्ड, सुनील नारायाण, शेल्डन कट्रेल, ओशन थोमस, खरी पिर्रे, रमन पावेल र कीमो पउल ।

कमेन्ट गर्नुहोस्