सशस्त्र प्रहरीका ३ जना एआईजीको सरुवा

काठमाडौँ — सशस्त्र प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरुको सरुवा गरेको छ । नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एआईजीहरुको सरुवा गरिएको बताए ।

सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

यस्तै, मानवस्रोत साधान विभागका नारायणबाबु थापाको सीमा सुरक्षा विभागमार मानव स्रोत साधान विभागमा रामशरण पौडेलको सरुवा भएको छ । पौडेल यसअघि प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्