किन बेलायत जाँदैछन् प्रदेश ४ का मुख्यमन्त्री गुरुङ ? यस्ता छन् प्रदेश मन्त्रीपरिषद्का निर्णय

पोखरा : गण्डकी प्रदेश मन्त्रिपरिषदले ६ निर्णय गरेको छ। शुक्रबार बसेको परिषदको बैठक आइतबार सार्वजनिक भएको हो।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले आउँदो भदौ ७ र ८ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत भ्रमणमा जानका लागि संघीय सरकारसँग स्वीकृति माग्ने लगायत निर्णय गरेको जानकारी दिए। तमु धिं युकेको आयोजनामा हुने नेपाली मेलाको प्रमुख अतिथि बन्न मुख्यमन्त्री बेलायत जान लागेका हुन्।

मन्त्रिपरिषदले प्रदेश विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ। प्रदेशले स्थानीय तहको सहकार्यमा निर्माण गर्ने योजनामा ६०:४० को अनुपात बनाउने अर्को निर्णय पनि मन्त्रिपरिषदले गरेको छ। त्यस्तो अनुपात हुने व्यवस्थासहितको कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेको हो। यसअघि उक्त कार्यविधिमा ७०:३० को अनुपात रहेकोमा संशोधन गरिएको जानकारी मन्त्री बस्नेतले दिए।

याे पनि पढ्नुस  अब कुकुरले सुँघेरै काेराेना टेष्ट गर्ने, यस्तो हुँदैछ तयारी !

प्लास्टिकजन्य पदार्थ नियन्त्रण गर्न बनेको विधेयकलाई सैद्धान्तिक स्वीकृति पनि मन्त्रिपरिषदले दिएको छ। दुग्ध विकास बोर्ड गठनका लागि सहजकरण गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको संयोजकत्वमा समिति गठनको निर्णय भएको जानकारी मन्त्री बस्नेतले दिए।
पोखरा : गण्डकी प्रदेश मन्त्रिपरिषदले ६ निर्णय गरेको छ। शुक्रबार बसेको परिषदको बैठक आइतबार सार्वजनिक भएको हो।

याे पनि पढ्नुस  कोरोना जितेका बेलायती प्रधानमन्त्री बोरिसलाई पुत्रलाभ

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले आउँदो भदौ ७ र ८ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत भ्रमणमा जानका लागि संघीय सरकारसँग स्वीकृति माग्ने लगायत निर्णय गरेको जानकारी दिए। तमु धिं युकेको आयोजनामा हुने नेपाली मेलाको प्रमुख अतिथि बन्न मुख्यमन्त्री बेलायत जान लागेका हुन्।

मन्त्रिपरिषदले प्रदेश विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ। प्रदेशले स्थानीय तहको सहकार्यमा निर्माण गर्ने योजनामा ६०:४० को अनुपात बनाउने अर्को निर्णय पनि मन्त्रिपरिषदले गरेको छ। त्यस्तो अनुपात हुने व्यवस्थासहितको कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेको हो। यसअघि उक्त कार्यविधिमा ७०:३० को अनुपात रहेकोमा संशोधन गरिएको जानकारी मन्त्री बस्नेतले दिए।

याे पनि पढ्नुस  बेलायतमा कोरोना संक्रमणबाट १ नेपाली महिलाको मृत्यु

प्लास्टिकजन्य पदार्थ नियन्त्रण गर्न बनेको विधेयकलाई सैद्धान्तिक स्वीकृति पनि मन्त्रिपरिषदले दिएको छ। दुग्ध विकास बोर्ड गठनका लागि सहजकरण गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको संयोजकत्वमा समिति गठनको निर्णय भएको जानकारी मन्त्री बस्नेतले दिए।

कमेन्ट गर्नुहोस्