भारतलाई पहिलो झड्का, धवन क्लिन बोल्ड

काठमाडौं, साउन १९ । वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा भारतले पहिलो विकेट गुमाएको छ । उसले पहिलो विकेटकारुपमा शिखर धवनलाई २१ रनमा गुमाएको हो । उनलाई ७.५ ओभरमा किमो पउलले ‘क्लिन बोल्ड’ गरे ।

भारतले आज जितेर ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा भारतले १० ओभरमा १ विकेट गुमाएर ७७ रन बनाएको छ ।

एकदिवसीय विश्वकप २०१९ पछि यी दुई टिम पहिलो सिरिज खेल्दै छन् । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।

भारतको प्लेइङ ११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली, मनीष पाण्डे, ऋषभ पन्त, क्रुणाल पाण्ड्या, रविद्र जडेजा, भुवनेश्वर कुमार, वासिङटन सुन्दर, नवदीप सैनी र खलील अहमद ।

वेस्ट इन्डिजको प्लेइङ ११ः कार्लोस ब्रार्थवेट, इभन लुइस, शिमरन हिटमायर, निकोलस पूरन, किरण पोलार्ड, सुनील नारायाण, शेल्डन कट्रेल, ओशन थोमस, खरी पिर्रे, रमन पावेल र कीमो पउल ।

कमेन्ट गर्नुहोस्