रोहितको अर्धशतक पूरा, तोडे क्रिस गेलको कीर्तिमान

काठमाडौं, साउन १९ । वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा भारतीय टिमका ओपर रोहित शर्माले शानदार अर्धशतक पूरा गरेका छन् । उनले २ छक्का र ४ चौकाको मद्दतमा ४० बलमा अर्धशतक पूरा गरेका हुन् ।

यो सँगै रोहितले एक नयाँ कीर्तिमानसमेत बनाएका छन् । उनले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्बाधिक छक्का प्रहार गर्ने क्रिकेटरको कीर्तिमान बनाएका हुन् । रोहितले आज २ छक्का प्रहार गरेसँगै यो उपलब्धी हासिल गरे । अब उनृ क्रिस गेललाई पछि पारेका छन् । टि–२० मा गेलले १०५ छक्का लगाएका छन् । यस्तै न्यूजिल्याण्डका पार्टिन गुप्टिलले १०३ छक्का प्रहार गरेका छन् ।

शिखर ‘क्लिन बोल्ड’
भारतले पहिलो विकेटकारुपमा शिखर धवनलाई २१ रनमा गुमाउन पुग्यो। उनलाई ७।५ ओभरमा किमो पउलले ‘क्लिन बोल्ड’ गरे । भारतले आज जितेर ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा भारतले १३ ओभरमा १ विकेट गुमाएर १११ रन बनाएको छ ।

एकदिवसीय विश्वकप २०१९ पछि वेस्ट इन्डिज  र भारतले पहिलो सिरिज खेल्दै छन् । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।

भारतको प्लेइङ ११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली, मनीष पाण्डे, ऋषभ पन्त, क्रुणाल पाण्ड्या, रविद्र जडेजा, भुवनेश्वर कुमार, वासिङटन सुन्दर, नवदीप सैनी र खलील अहमद ।

वेस्ट इन्डिजको प्लेइङ ११ः कार्लोस ब्रार्थवेट, इभन लुइस, शिमरन हिटमायर, निकोलस पूरन, किरण पोलार्ड, सुनील नारायाण, शेल्डन कट्रेल, ओशन थोमस, खरी पिर्रे, रमन पावेल र कीमो पउल ।

कमेन्ट गर्नुहोस्