Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२९ सामुदायिक विद्यालय समायोजन

चितवन, साउन १९ । जिल्लाका २९ सामुदायिक विद्यालय छिमेकी विद्यालयमा गाभिएका छन् । जिल्ला शिक्षा समन्वय एकाइका अनुसार जिल्लाका सात स्थानीय तहले विद्यालय समायोजन गरेका हुन् ।

एकाइ प्रमुख भूमिलाल सुवेदीका अनुसार माडी नगरपालिकामा १२, इच्छाकामना गाउँपालिकामा सात, राप्ती नगरपालिकामा पाँच, कालिका नगरपालिकामा दुई तथा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिएकामा एक/एक विद्यालय गाभिएका हुन् ।

शैक्षिक नियमावली अनुसार कक्षा १ देखि ३ सम्ममा ५० विद्यार्थी आवश्यक हुन्छ । त्यसभन्दा माथिका कक्षामा प्रतिशिक्षक ४० विद्यार्थी नभएका विद्यालयको घटुवा गर्ने तथा समायोजन गर्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: