टि–२० सिरिजः भारतद्वारा वेस्ट इन्डिजलाई १६८ रनको लक्ष्य

काठमाडौं, साउन १९ । वेस्ट इन्डिज विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा भारतले १६८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन बनायो ।

उसका लागि रोहित शर्माले अर्धशतक बनाए । उनले ३ छक्का र ६ चौकाको मद्दतमा ५१ बलमा ६७, कप्तान विराट कोहलीले २८, शिखर धवनले २३, मनीष पाण्डले ६, ऋषभ पन्तले ४, कुणाल पाण्ड्याले नटआउट १२ बलमा २० रन बनाए ।

बलिङमा वेस्ट इन्डिजका सेल्ड्रेन कोट्रेल, ओसेन थमसले २–२ र किमो पउलले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्