Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘ग्याम्पर ट्रफी’को उपाधि बार्सिलोनालाई, आर्सनल २-१ ले पराजित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ग्याम्पर ट्रफी फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न भएको खेलमा इंग्लिस क्लब आर्सनललाई २–१ ले हराउँदै उपाधि हात पारेको हो । बार्सिलोनालाई जित दिलाउनको लागि लुइस स्वारेजले एक गोल गरे भने एक गोल उपहारस्वरुप पाए ।

आर्सनल सुरुवती अग्रता लिए पनि जोगाउन सकेन । ३६ औं मिनेटमा आउबामेयाङले बक्स भित्रबाट गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको आर्सनलले खेलको ६९औं मिनेटमा आफ्नै पोस्टमा गोल गर्यो । आर्सनलका निलेसले बक्सभित्र आफ्ना किपरलाई दिएको ब्याक पास सोझै पोस्टमा छिरेपछि खेल १–१ मा आयो ।

दोस्रो हाफमा मैदान छिरेका स्वारेजले बार्सिलोनाका लागि विजयी गोल गरे। खेलको अन्तिम समय ९०औं मिनेटमा उनले गोल गर्दै बार्सिलोनालाई
२–१ ले जिताए ।

ग्याम्पर ट्रफी बार्सिलोनाले हरेक वर्ष नयाँ सिजन सुरु हुनुअघि आयोजना गर्ने मैत्रीपूर्ण प्रतियोगिता हो । यस प्रतियोगिताका लागि बार्सिलोनाले एक टोलीलाई पाहुना टोलीका रूपमा आफ्नो घरमा निम्त्याउँछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: