मध्यराती जम्मु- कश्मीरका पूर्व मुख्यमन्त्रीसहित आधा दर्जन नेता नजरबन्दमा, धारा १४४ लागू, राज्यभरी टेलिफाेन र ईन्टरनेट सेवा बन्द

श्रीनगर, भारतकाे वम्मु र कश्मीरमा निकै तीब्र गतिमा घटनाक्रमकाे विकास भएकाे छ ।

पछिल्लाे घटनामा पुर्व मुख्यमन्त्री महबूबा मुफ्ती र उमर अब्दुल्लासहित पिपुल्स कन्फ्रेन्सका नेता सज्जाद लाेनसहित कैयनलाई नजरबन्द गरिएकाे छ ।

यसैगरि कांग्र्रेस नेता उस्मान माजिद  र कम्युनिष्ट नेता एमवाई तारिगामीलाई गिरफ्तार गरिएकाे छ ।
उनीहरुलाई घरबाहिर निस्किन दिईएकाे छैन ।

पुर्व मुख्यमन्त्री अब्दुल्फा र मुफ्तपले मध्यराति ट्विट गर्दै भनेका छन- बिडम्बना भन्नुपर्छ, हामी शान्तिका लागि लडने जनप्रतिनिधलाई हाउस अरेष्ट गरिएकाे छ । कश्मीरमा जनताकाे अावाज कसरी दबाइदैछ भन्ने कुरा संसारले हेरिरहेकाे छ ।

याे पनि पढ्नुस  लद्दाखलाई अलग राज्य बनाउने निर्णयको चीनद्वारा बिरोध, सहमतिको उल्लंघन गरेको आरोप

हिन्दुस्तान टाईम्सका अनुसार, राज्यमा टेलिफाेन र ईन्टरनेट सेवा पनि काटिएकाे छ । स्कुल तथा कलेज बन्द गरिएका छन् । सबै हाेटलहरुलाई यात्रु खालि गर्न यसअघि नै निर्देशन दिईएकाे थियाे ।

राज्यमा सभा सम्मेलन, बैठक तथा र्यालि निकाल्न प्रतिबन्ध लगाईकाे छ ।

याे पनि पढ्नुस  कश्मीरमा हिँसा; १५ जनाको मृत्यु; ४० बढी घाइते

सरकारले अचानक कश्मिरमा संकटकालकाे झझल्काे दिनेगरि कार्वाहि शुरु गरेपछि अवस्था निकै जटिल बनेकाे छ ।

भारतीय अधिकारीहरूले अमरनाथ यात्रामा जाने हिन्दू तीर्थालुमाथि ‘आतङ्ककारी आक्रमणको खतरा’ रहेको चेतावनी दिएका थिए।

अधिकारीहरूले “पाकिस्तानद्वारा संरक्षित आतङ्कवादीहरू’ले वर्षको एउटा समयमा मात्र जान पाइने प्रसिद्ध तीर्थस्थल अमरनाथतिर गइरहेका तीर्थयात्रीहरूलाई आक्रमण गर्ने योजना बनाएको दाबी गरेका छन्।

याे पनि पढ्नुस  जम्मु कश्मिरमा चुनाव गर्ने माेदीकाे घाेषणा, अरु के–के भने? (सम्बाेधनकाे पूर्णपाठ)

भारतले कश्मीरमा सक्रिय सशस्त्र विद्रोहीहरूलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप लगाउने गरेको छ। त्यसलाई पाकिस्तानले भने अस्वीकार गर्ने गर्छ।

कमेन्ट गर्नुहोस्