हिप फ्याक्चरको उपचार यसरी गर्न सकिन्छ

डा. रञ्जितकुमार साह
अर्थोपेडिक सर्जन
हिमाल अस्पताल, ज्ञानेश्वर

हिप फ्याक्चरको उपचार एकदमै जटिल हुने गर्छ । त्यसैले, दुर्घटनामा पर्नेबित्तिकै सबैभन्दा पहिला टाउको, छाती र पेटमा चोटपटक लागेरनलागेको यकिन गर्नुपर्छ । यदि, शरीरका अन्य भागमा चोटपटक लागेमा उपचारमा सजगता अपनाउन जरुरी हुन्छ ।

हिप फ्याक्चरको उपचार शल्यक्रियाबाट मात्र सम्भव हुन्छ । जति छोटो समयमा शल्यक्रिया गर्न सक्यो त्यति नै प्रभावकारी हुन्छ । शल्यक्रिया गर्दा ज्यान नै जोखिममा पर्ने स्थिति आए मात्र अन्य विधि अपनाइन्छ, जुन एकदम थोरैमा मात्र लागू हुन्छ ।

भाँच्चिएको हड्डीलाई जोड्न मद्दत पुर्याउन नहल्लिने गरी एक ठाउँमा जोडिन्छ । यद्यपि, हड्डीको अवस्था, चोटको प्रकृति र उमेरअनुसार यो फरक हुने गर्छ । शल्यक्रियाको माध्यमबाट स्क्रु, रड र प्लेटको प्रयोग गरिन्छ ।

तर, कतिपय अवस्थामा वयस्क तथा बुढाबुढीमा भने हड्डी आफैँ नजोडिने अवस्था हुन्छ । यस्तोमा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नयाँ पत्रिकाबाट साभार

कमेन्ट गर्नुहोस्