अनुच्छेद ३७० हटाउने प्रस्ताव भारतीय संसदमा प्रस्तुत, व्यापक बिराेध, कश्मीरमा विद्राेहकाे आशंका

नयाँ दिल्ली । भारतीय गृहमन्त्रीले भारतकाे संविधानकाे अनुच्छेद 370 हटाउने प्रस्ताव राज्यसभामा पेश गरेका छन् ।

कश्मीरमा सरकारले लिएकाे कदम संविधानकाे हत्या भन्दै विपक्षी दलहरुले सदनमा हंगामा मच्चाएकाा छन् ।

कश्मिरमा हिजाे रातिदेखि धारा १४४ लागू गर्दै विपक्षि नेताहरूलाई नजरबन्द गरिएकाे छ ।

गृहमन्त्री अमित शाहले कश्मिरलाई विशेषाधिकार दिने अनुच्छेद ३७० हटाउने प्रस्तावसँगै जम्मू-कश्मीर आरक्षण विधेयक पेश गर्ने दैनिक भाष्करले जनाएकाे छ ।

विपक्षीकाे अवराेधपछि संसदकाे कार्यवाही स्थगित गरिएकाे छ ।

कांग्रेस सांसद गुलाम नबी आजादले कश्मीरी नेताहरुलाई हाउस अरेस्ट गरेकाे स्थिति स्पष्ट करने की मांग गरेका छन् ।

कमेन्ट गर्नुहोस्